logo
२०८१ पुष २६ शुक्रवार



अफगान राष्ट्रपति र अमेरिकी विदेश दूतबीच काबुलमा भेट

अन्तर्राष्ट्रिय |


अफगान राष्ट्रपति र अमेरिकी विदेश दूतबीच काबुलमा भेट
तस्विर-रोयटर्स


काबुल, जेठ २४ गते।
अफगान राष्ट्रपति मोहमद असरफ घानी र अफगानिस्तानका लागि अमेरिकी विदेश दूतबीच काबुलमा भेट भएको छ ।उहाँहरु बीच आइतबार अफगानिस्तानको राजधानी काबुलमा भेट भएको छ ।
विशेष दूत जालमी खालिजाद अफगानिस्तानको सरकार र यहाँका तालिबानहरुबीचको शान्तिवार्ताका लागि पनि प्रमुख मध्यस्थकर्ताका रुपमा रहनुभएको छ ।उहाँसँगै हालै अफगानिस्तान आएको शान्तिवार्ता सम्बन्धी टोलीका सदस्यहरु पनि रहेका बताइएको छ ।सो टोलीका सदस्यहरु सँगै खालिजादले अफगानिस्तानका राष्ट्रपति घानीसँग आइतबार भेटवार्ता गर्नुभएको हो ।
त्यस भेटका क्रममा अफगानिस्तानको पछिल्लो अवस्था र शान्ति वार्ताका विषयमा पनि कुराकानी भएको बताइएको छ । उहाँहरुले त्यस क्रममा दुई देशबीचको आर्थिक सहयोगका साथै अरु क्षेत्रीय राजनीतिक विषयहरुमा पनि कुराकानी गर्नुभएको बताइएको छ ।
यसका साथै अफगानिस्तानमा केही समय अघि रोकिएको शान्तिवार्ताका विषयमा पनि उहाँहरुका बीचका कुराकानी भएको बताइएको छ ।अफगानिस्तानको सरकार र तालिबानबीच केही समयअघि शुरु भएको वार्ता त्यसै स्थगित भएको छ । त्यसपछि अहिले भने तालिबानहरुले अफगानिस्तानमा हिंसात्मक हमलालाई फेरि पनि निरन्तरता दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?