logo
२०८१ बैशाख २९ शनिवार



मङ्गोलियामा राष्ट्रपतिका लागि निर्वाचन शुरु

अन्तर्राष्ट्रिय |


मङ्गोलियामा राष्ट्रपतिका लागि निर्वाचन शुरु
तस्विर-एपी


उलानबटोर, मंगोलिया, जेठ २६ गते। कोरोनाभाइरस महामारी फैलिएकै समयमा मङ्गोलियामा बुधबार नयाँ राष्ट्रपतिका लागि मतदान शुरु भएको छ ।
कम्युनिष्ट शासन त्यागेर सन् १९९२ मा प्रजातान्त्रिक शासन व्यवस्था अँगालेको मंगोलियामा त्यसयता छैटौं पटक राष्ट्रपतिका लागि निर्वाचन हुन लागेको हो । डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति बन्नु भएका बाटुल्गा खल्टमा भने यस पटक उम्मेदवार हुनुभएको छैन ।
मङ्गोलियाका संविधान अनुसार कुनै पनि राष्ट्रपति दुई कार्यकाल राष्ट्रपति हुन पाउँदैनन् । मङ्गोलियामा राष्ट्रपतिको कार्यकाल छ वर्षको हुन्छ ।
राष्ट्रपतिका उम्मेदवारहरुमा मङ्गोलियन पिपुल्स पार्टीबाट पूर्व प्रधानमन्त्री उखनाजिन खुरेलसुख पनि चुनावी मैदानमा हुनुहुन्छ । यस दलको संसदमा बलियो बहुमत छ । विगतमा सैनिक सेवाबाट राजनीतिमा प्रवेश गरेका कारण खुरेलसुखले जितेमा मुलुकको सार्वजनिक मामिलामा सैनिकहरु हाबी हुन सक्ने अनुमान गरिएको छ ।
खुरेलसुखका मुख्य प्रतिस्पर्धीका रुपमा डेमोक्रेटिक पार्टीका सोड्नोजुनदुइन एर्डिन रहनुभएको छ । चुनावी पर्यवेक्षकहरुका अनुसार उहाँको स्थिति निकै कमजोर छ । उहाँले मङ्गोलियन पिपुल्स पार्टीले चुनाव जितेमा मङ्गोलियामा अधिनायकवाद आउने बताउनुभएको छ ।
मङ्गोलियाको राष्ट्रपतिको पद खासगरी आलङ्कारिक प्रकृतिको रहेको छ । तर सेनाको नियन्त्रण र सञ्चालनका साथै कतिपय अवस्थामा विधेयकमाथि विशेषाधिकार (भिटो) लगाउने अधिकार राष्ट्रपतिमाथि छ ।
मङ्गोलियामा संसद, मन्त्रिपरिषद र प्रधानमन्त्रीको कार्यालयमा देशको कार्यकारी अधिकार  छ ।
मङ्गोलियाको निर्वाचन आयोगका अनुसार चुनावका लागि २१ लाख ५१ हजार व्यक्तिको नाम मतदाता सूचीमा रहेको छ । मतदान कार्य राति १० बजे समाप्त हुनेछ, तर मतपरिणाम कहिले घोषणा हुन्छ भन्ने बताइएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप