logo
२०८१ पुष २६ शुक्रवार



श्रीलङ्कामा सन् २०२२ सम्ममा सबैलाई कोभिडको खोप लगाइने

अन्तर्राष्ट्रिय |


श्रीलङ्कामा सन् २०२२ सम्ममा सबैलाई कोभिडको खोप लगाइने
तस्विर-द् हिन्दू


कोलम्बो, जेठ २७ गते।
श्रीलङ्काले सन् २०२२ सम्ममा आफ्ना नागरिकलाई खोप लगाइसक्ने बताएको छ ।श्रीलंका सरकारले सोही बमोजिम काम गरिरहेको अधिकारीहरुले जानकारी दिएका छन् । श्रीलङ्काका सञ्चारमाध्यमहरुले यहाँको सेनाका एकजना कमाण्डरलाई उद्धृत गर्दे सो जानकारी दिएका हुन् ।

यहाँका सैनिक कमाण्डर सवेन्दै सिल्भाले बुधबार एक कार्यक्रममा बोल्दै यहाँको सरकारले यस अनुसारको कामको तयारी गरिरहेको जानकारी दिनुभएको हो । उहाँले श्रीलङ्कामा खोप लगाउने राष्ट्रिय कार्यक्रमको घोषणा गरिएको र देशव्यापी रुपमा नै खोप लगाउन थालिएको पनि उहाँले सो कार्यक्रममा बताउनुभएको थियो ।

उहाँले यो सरकारको कार्यक्रम रहेको र यसलाई सघाउनु सबै नागरिकको कर्तव्य पनि भएको उहाँले जानकारी दिनुभयो । वास्तवमा कोभिडको महामारी भनेको सरकारको मात्र या कुनै स्वास्थ्य सम्बन्धी मुद्दा नभएर देशकै समस्या भएकोले सबैले एक भएर यसका विरुद्ध काम गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।

श्रीलङ्का सरकारले आफ्ना नागरिकलाई आवश्यक पर्ने खोपको खोजी गरिरहको र आवश्यकताका आधारमा प्राप्त गर्ने आश्वासन पनि पाएको उहाँले बताउनुभएको छ । उहाँले श्रीलङ्काले अहिले कोरोनाको तेस्रो वेभको सामना गरिरहेको जानकारी पनि दिनुभयो । श्रीलङ्कामा कोभिड १९ का दुई लाखभन्दा बढी सङ्क्रमित छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?