logo
२०८१ पुष २६ शुक्रवार



इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

अन्तर्राष्ट्रिय |


इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प
तस्विर-आईसीआरसी


जाकार्ता, असार २ गते। इन्डोनेसियामा बुधबार शक्तिशाली भूकम्प गएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने मालुकु प्रान्तमा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
भूकम्प गएपछि सुनामीको खतरा भने नरहेको अधिकारीहरुले बताएका छन् । भूकम्पले गरेको क्षतिका बारेमा पनि कुनै विवरण प्राप्त नभएको जनाइएको छ ।
स्थानीय समय अनुसार बुधबार बिहान ११:४३ मा भूकम्प गएको थियो । भूकम्पले पारेको असरका बारेमा विवरण सङ्कलन गर्ने कार्य भइरहेको अधिकारीहरुले जनाएका छन् ।
इन्डोनेसियामा बर्सेनि दर्जनौं पटक भूकम्प आउने र ठूलो धनजनको क्षति हुने गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?