logo
२०८१ बैशाख २४ सोमवार



मानवसहितको चिनियाँ यानको सफल प्रक्षेपण

अन्तर्राष्ट्रिय |
बिज्ञान |


मानवसहितको चिनियाँ यानको सफल प्रक्षेपण
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अलनाइन
काठमाडौं, असार ३ गते । चीनले मानवसहित अन्तरिक्ष यानको सफलतापूर्बक प्रक्षेपण गरेको छ । नयाँ अन्तरिक केन्द्रमा तीन जना अन्तरिक्ष यात्रीसहितको यान गोबी मरुभूमीबाट नेपाली समयअनुसार बिहान करिब छ बजे प्रक्षेपण गरिएको बीबीसीले उल्लेख गरेको छ ।
नै हैशेङ्ग, लिऊ बोमिङ्ग र टाङ्ग होङ्दो गरी तीनजना अन्तरिक्ष यात्रीले पृथ्वीबाट करिब ३८० किलोमिटर माथि तीन महिना बिताउनेछन् । पछिल्लो पाँच वर्षमा चीनको यो पहिलो सबैभन्दा लामो अन्तरिक्ष यात्रा रहेको छ । बिहीबार शेनझाउ–१२ ले लामो यात्राको मार्च २एफ रकेट प्रक्षेपण गरेको हो ।
पछिल्लो छ महिनामा चीनले चन्द्रमाबाट चट्टान र माटोको नमूना सङ्कलन गरेर अध्ययन गर्दैछ भने मङ्गलमा सफलतापूर्बक यान अवतरण गराएको छ ।
अन्तरिक्षमा तीन अन्तरिक्ष यात्रीसहितको यानले २२.५ टन वजन भएको तिआन्हे मोड्युललाई सक्रिय बनाउने लक्ष्य राखेको छ । यानका कमाण्डर नै हैशेङ्गले प्रक्षेपण अघि भन्नुभयो, “हामीले अन्तरिक्षमा हाम्रो नयाँ घर ब्यवस्थित पार्नुछ, जसमा नयाँ प्रबिधिहरु जडान गरिनेछ । त्यसैले मिसन अत्यन्तै चुनौतीपूर्ण हुनेछ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?