logo
२०८१ पुष २६ शुक्रवार



इन्डोनेसियामा १२ देखि १७ वर्षकालाई खोप लगाउन शुरु

अन्तर्राष्ट्रिय |


इन्डोनेसियामा १२ देखि १७ वर्षकालाई खोप लगाउन शुरु
तस्विर-रोयटर्स


जाकार्ता, असार १९ गते।
इन्डोनेसियाको सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका र युवायुवतीलाई पनि कोरोना भाइरसका विरुद्धको खोप लगाउन शुरु गरेको छ । प्राप्त समाचारअनुसार ती नागरिकलाई खोप लगाउनका लागि शुक्रबारबाट अभियान नै शुरु गरिएको बताइएको छ ।
शुक्रबार एन्डोनेसियाको राजधानी जकार्तामा रहेको एक सार्वजनिक विद्यालयबाट सो खोप अभियानको शुरुवाता गरिएको बताइएको छ । आज बिहान सो विद्यालयका १०० जना विद्यार्थीलाई खोप लगाएर सो अभियान थालिएको छ । सरकारले बालबालिकालाई खोप लगाउने कार्यक्रमलाई एक राष्ट्रिय अभियानका रुपमा शुरु गर्ने जनाएको छ ।
इन्डोनेसियाको जाकार्ता प्रान्तीय प्रशासनले यस क्षेत्रका कम्तीमा पनि १२ लाख जना बालबालिकालाई यो खोप दिने लक्ष्य राखेको छ । विद्यालयहरुमा नै पुगेर सो खोप दिइने स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
जुलाई १ सम्मको तथ्यांकअनुसार तीन करोडभन्दा बढी नागरिकले सिनोभ्याक्सको एक मात्रा खोप लगाइसकेका छन् । त्यसैगरी १ करोड ३० लाख मानिसले दुवै मात्रा खोप लिएका स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?