जेरूसेलेम, असार २१ गते।
इजरायली प्रधानमन्त्री नफ्ताली बेनेट र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच ‘छिट्टै’ भेट्वार्ता गर्ने सहमति सोमबार भएको छ । प्रधानमन्त्री बेनेटको कार्यालयद्वारा जारी विज्ञप्तिमार्फत् दुई नेताबीच भटवार्ताका लागि सहमति बनेको जानकारी गराइएको हो ।
बेनेटले सत्ता सम्हालेपछि रूसी नेता पुटिनसँग भएको पहिलो फोन वार्तालापमा दुवै नेताले सुरक्षा र कूटनीतिक मुद्दाहरूबारे छलफल आदानप्रदान भएको हो । रूसले क्षेत्रीय स्थायित्व कायम गर्न र अपहरणकारी र बेपत्ताको सवालमा गरेको सहयोगका लागि पुटिनको भूमिकाका लागि बेनेटले धन्यवाद दिनुभएको छ विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूले १९९० को दशकदेखि इजरायलमा बसाइएका १० लाख भन्दा बढी रूसी यहूदी व्यक्तिहरूको भूमिकाबारे पनि छलफल गरेका बेनेटले बताउनुभयो । पुटिनले ‘दुई देशबीचको पुल’को रूपमा काम गर्नेमा बेनेटले विश्वास व्यक्त गर्नुभएको बताइएको छ ।