logo
२०८१ मंसिर १० सोमवार



ओलम्पिकका लागि टोक्योमा सङ्कटकाल घोषणा

अन्तर्राष्ट्रिय |
खेलकुद |


ओलम्पिकका लागि टोक्योमा सङ्कटकाल घोषणा
तस्विर-एएफपी


गोरखापत्र अनलाइन
काठमाडौं, असार २४ गते । जापानले ओलम्पिक खेलकुदका लागि टोक्योमा सङ्कटकाल घोषणा गरेको छ । प्रधानमन्त्री योशिहिदे सुगाले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सङ्कटकाल २२ अगष्टसम्म लागू हुने बताउनुभयो ।
बीबीसीका अनुसार संकटकाल अबधिभरि टोक्यो शहरमा बार र रेष्टुरेन्टले मदिरा पस्किन नपाउने तथा राति आठ बजेसम्म मात्रै खुला रहनेछन् । टोक्यो ओलम्पिक नजिकिदै गर्दा आयोजक शहरमा कोरोनाभाइरसका सङ्क्रमितको सङ्ख्यामा बृद्धि भएको छ । टोक्यो ओलम्पिक २३ जुलाईमा सुरु भई आठ अगष्टसम्म चल्नेछ । पारालम्पिक खेलकुद भने २४ अगष्टदेखि पाँच सेप्टेम्बरसम्म चल्नेछ ।
बुधबार जापानमा दुई हजार १८० नयाँ सङ्क्रमित फेला परेका छन् । जसमध्ये ९२० जना टोक्योमा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?