बेइजिङ, असार २५ गते।
विश्वभर कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख १० हजार ६५२ जनाको मृत्यु भएको छ । विश्वभरि कुल सङ्क्रमितको सङ्ख्या १८ करोड ५५ लाख ६४ हजार ६ जना छन । विश्वभर तीन अर्ब ३५ करोड ५९ लाख ८७ हजार ११३ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
सो विश्वविद्यालयले जुलाई ८ मा प्रकाशित गरेको विवरणअनुसार संयुक्त राज्य अमेरिकामा हालसम्म तीन करोड ३७ लाख ९० हजार ५०५ जना सङ्क्रमित भएका छन् भने छ लाख ६ हजार ४७५ जनाले ज्यान गुमाएका छन् ।
भारतमा तीन करोड ७ लाख ५२ हजार ९५० जना सङ्क्रमित र चार लाख ५ हजार ९३९ जनाको सङ्क्रमणले मृत्यु भएको छ ।
ब्राजिलमा हालसम्म एक करोड ८९ लाख ६२ हजार ७६२ जना सङ्क्रमित र पाँच लाख ३० हजार १७९ सङ्क्रमितको मृत्यु दर्ता गरिएको छ ।
फ्रान्समा ५८ लाख ६१ हजार १३८ सङ्क्रमित र एक लाख ११ हजार ४७३ जना सङ्क्रमितको कोरोना सङ्क्रमणले मृत्यु भएको छ ।
रुसमा ५६ लाख ३८ हजार ९०१ जना हालसम्म सङ्क्रमित भएका छन् । एक लाख ३८ हजार ४४१ जनाको कोरोना सङ्क्रमणले ज्यान गएको छ ।