logo
२०८१ बैशाख १५ शनिवार



इन्डोनेसियामा समुद्री आँधीमा २४ को मृत्यु, ३१ बेपत्ता

अन्तर्राष्ट्रिय |


इन्डोनेसियामा समुद्री आँधीमा २४ को मृत्यु, ३१ बेपत्ता
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, साउन ७ गते । इन्डोनेसियामा समुद्रमा माछा मार्न गएका १८ साना जहाजमा सवारमध्ये २४ जनाको मृत्यु भएको छ । ३१ जना अझै बेपत्ता छन् ।
समाचार संस्था एएनआईले १८ वटा साना जहाजमा मध्य इन्डोनेसियाको पश्चिम कालिमन्तन प्रान्तमा पर्ने समुद्रमा माछा मार्न गएकाहरु आँधीमा फसेको उल्लेख गरेको छ । उद्धारकर्ताले २४ जनाको शव फेला पारेको र अन्य ३१ जना अझै हराइरहेको जनाइएको छ ।
प्रान्तीय खोज तथा उद्धार निकायका प्रमुख योपी हरयादीले प्रतिकूल मौसमबारे सर्तकता सूचनापछि दुई वटा डुङ्गा तटीय क्षेत्रमा आएको सिन्हवासँगको कुराकानीमा बताउनुभएको छ । घटना सम्बास जिल्लामा भएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?