logo
२०८२ भाद्र २५ बुधवार



हिंसाले अफगानिस्तानमा तीन लाख विस्थापित

अन्तर्राष्ट्रिय |


हिंसाले अफगानिस्तानमा तीन लाख विस्थापित
तस्विर–सांकेतिक


गोरखापत्र अनलाइन
काठमाडौं, साउन २३ गते । अफगानिस्तानमा जारी हिंसाले कम्तीमा तीन लाख सर्वसाधारण आन्तरिक विस्थापित भएको बताइएको छ । संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय प्रबास संगठनको एक अध्ययनले जारी हिंसाले विस्थापित हुन पुगेका सर्वसाधारणको अवस्था दयनीय बन्दै गएको बताएको छ ।
संगठनले जुन महिना मात्रैमा करिब ४० हजार अफगान छिमेकी राष्ट्र इरान पुगेको उल्लेख गरेको छ । हिंसाका बावजूद उल्लेख्य संख्यामा बिदेशमा रहेका अफगान स्वदेश फर्केको बताइएको छ । तालिबानले अफगानिस्तानको भूभागमा नियन्त्रण बढाएको छ । आफ्नो नियन्त्रणमा रहेको भूभागमा सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानले लागू गरेको शरिया कानून पुनः लागू गरेको एएनआईले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?