logo
२०८२ भाद्र २५ बुधवार



इथियोपियामा ५८४ सङ्क्रमितको पहिचान

अन्तर्राष्ट्रिय |


इथियोपियामा ५८४ सङ्क्रमितको पहिचान
तस्विर–यूनिसेफ


गोरखापत्र अनलाइन
काठमाडौं, साउन २३ गते । अफ्रिकी राष्ट्र इथियोपियामा कोरोनाभाइरसका ५८४ सङ्क्रमितको पुष्टि भएको छ । हालसम्म इथियोपियामा दुई लाख ८३ हजार ८२ जना सङ्क्रमित भएको एएनआईले सरकारी निकायलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।
इथियोपियाका स्वास्थ्य मन्त्रालयले गएको चौबीस घण्टामा नौ जनाको कोरोना सङ्क्रमणले मृत्यु भएको जनाएको छ । गएको चौबीस घण्टामा ६० जना कोरोनामुक्त भएका छन् । हालसम्म इथियोपियामा कोरोना सङ्क्रमणले चार हजार ४१५ जनाले ज्यान गुमाएका छन् ।
अफ्रिकाको दोस्रो सबैभन्दा ठूलो जनसंख्या भएको इथियोपिया पूर्वी अफ्रिकाको सबैभन्दा बढी सङ्क्रमित पुष्टि भएको राष्ट्र हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?