logo
२०८२ भाद्र २५ बुधवार



फिलिपिन्समा सङ्क्रमण उच्च 

अन्तर्राष्ट्रिय |


फिलिपिन्समा सङ्क्रमण उच्च 
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, साउन २३ गते । फिलिपिन्सको स्वास्थ्य विभागले गएको चौबीस घण्टामा ११ हजार २१ जना सङ्क्रमित भएको जनाएको छ । चौबीस घण्टामा थपिएका सङ्क्रमित गत् अप्रिल १७ यताकै सबैभन्दा बढी हो । फिलिपिन्समा हालसम्म १६ लाख ४९ हजार ३४१ जना सङ्क्रमित भएका छन् ।
गएको चौबीस घण्टामा १६२ जना सङ्क्रमितको ज्यान गएको छ । फिलिपिन्समा कोरोना सङ्क्रमणले हालसम्म २८ हजार ८३५ जनाको मृत्यु भएको छ । स्वास्थ्य विभागकी उपसचिब मारिया रोजारियोले कोभिड १९ को डेल्टा स्वरुप अत्यन्तै सङ्क्रामक रहेको र कतिपय सङ्क्रमितमा डेल्टा स्वरुप पुष्टि भएकोले आगामी दिनमा सङ्क्रमित हुनेको संख्या बढ्ने बताउनुभएको छ ।
फिलिपिन्समा गएको चौबीस घण्टामा ४५० जना कोरोनाको डेल्टा स्वरुपबाट सङ्क्रमितको पहिचान गरिएका छन् । अधिकांश मनिला महानगरका रहेको बताइएको छ । करिब ११ करोड जनसंख्या रहेको फिलिपिन्सले हालसम्म एक करोड ६० लाख नमुना परीक्षण गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?