logo
२०८२ भाद्र २४ मंगलवार



इजरायली सेनाद्वारा हमासलाई लक्षित गरी हवाई आक्रमण

अन्तर्राष्ट्रिय |


इजरायली सेनाद्वारा हमासलाई लक्षित गरी हवाई आक्रमण
तस्विर–सांकेतिक


गोरखापत्र अनलाइन
काठमाडौं, साउन २३ गते । इजरायलका सेनाले गाजा क्षेत्रमा हमासलाई लक्षित गरी हवाई आक्रमण गरेको छ । इजरायली रक्षा संयन्त्रले प्यालेष्टाइन क्षेत्रबाट आगोको डल्ला फालिएपछि हमासलाई लक्षित गरी हवाई आक्रमण गरिएको जनाएको छ । आक्रमणमा भएको क्षतिको बिवरण आइसकेको छैन् ।
एएनआइका अनुसार संयन्त्रले गाजा क्षेत्रबाट निरन्तर आक्रमण बढेपछि प्रतिरक्षामा हमासको सैन्य कम्पाउण्ड र रकेट प्रहार गर्ने स्थललाई लक्षित गरी हवाई आक्रमण गरिएको जनाएको छ । उक्त क्षेत्र घनाबस्ती भएको क्षेत्र हो । इजरायली रक्षा संयन्त्रले घनाबस्तीबाट आक्रमण गरेर हमासले कसरी सर्वसाधारणलाई जोखिममा पारेको सबाल गरेको छ ।
गाजा क्षेत्रबाट हुने आतङ्ककारी आक्रमणको इजरायलले जवाफ फर्काउने संयन्त्रले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?