logo
२०८२ भाद्र २४ मंगलवार



बङ्गलादेशमा कोरोनाबाट हुने मृत्यु २२ हजार नाघ्यो

अन्तर्राष्ट्रिय |


बङ्गलादेशमा कोरोनाबाट हुने मृत्यु २२ हजार नाघ्यो
तस्विर–एपी


गोरखापत्र अनलाइन
काठमाडौं, साउन २३ गते । बङ्गलादेशमा गएको चौबीस घण्टामा १२ हजार ६०६ नयाँ सङ्क्रमितको पुष्टि भएको छ । शुक्रबार एकैदिन २४८ सङ्क्रमितले ज्यान गुमाएका छन् । हालसम्म कोरोना सङ्क्रमणले भएको मृतकको संख्या २२ हजार १५० पुगेको छ । कुल सङ्क्रमित १३ लाख ३५ हजार २६० पुगेको छ ।
एएनआईका अनुसार गएको चौबीस घण्टामा ४८ हजार १५ नमूना परीक्षण गरिएकोमा १२ हजारभन्दा बढीमा सङ्क्रमणको पुष्टि भएको हो । हालसम्म ११ लाख ७२ हजार ४३७ जना कोरोनामुक्त भइसकेका छन् । बङ्गलादेशमा गत् जुलाई २८ मा हालसम्मकै उच्च १६ हजार २३० सङ्क्रमितको पुष्टि भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?