गोरखापत्र अनलाइन
काठमाडौं, साउन २४ गते । भारतमा गएको चौबीस घण्टामा ३९ हजार ७० जना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित तीन करोड १९ लाख ३४ हजार ४५५ पुगेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार भारतमा हाल चार लाख छ हजार ८२२ जना सक्रिय सङ्क्रमित छन् । गएको चौबीस घण्टामा ४३ हजार ९१० जना सङ्क्रमित निको भएका छन् । हालसम्म तीन करोड १० लाख ९९ हजार ७७१ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् ।
समाचार संस्था एएनआइका अनुसार गएको चौबीस घण्टामा ४९१ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । हालसम्म चार लाख २७ हजार ८६२ जना सङ्क्रमितको मृत्यु भएको छ ।
भारतमा गएको चौबीस घण्टामा ५५ लाख ९१ हजार ६५७ डोज कोभिड १९ विरुद्धको खोप लगाइएको छ । हालसम्म पचास करोड ६८ लाख १० हजार ४९२ डोज खोप लगाइएको छ ।