गोरखापत्र अनलाइन
काठमाडौं, साउन २४ गते । अफगानिस्तानमा हिंसात्मक गतिविधि बृद्धि भएपछि इरानले एक प्रमुख सीमा बन्द गरेको छ । इरानले आइतबार सिस्तान र बलूचिस्तानको मिलाक जिल्लालाई अफगानिस्तानसँग जोड्ने सीमा बन्द गरिएको जनाएको छ ।
इरानले सीमाक्षेत्र भएर सयौंको संख्यामा युद्ध प्रभावित ब्यक्ति इरान प्रबेश गर्न लागेको जनाएको छ । अफगानिस्तानको जरञ्ज शहरमा विद्रोही तालिबानले आक्रमणका घटनामा बृद्धि गरेकोले नजिकको इरानी सीमा तात्कालका लागि बन्द गरिएको छ । इरानले सीमाक्षेत्रको अवस्था शान्त रहेको र आउन सक्ने जोखिमलाई लिएर प्रहरी, सीमा सुरक्षा बल र सेनालाई तैनात गरिएको जनाएको छ ।