गोरखापत्र अनलाइन
काठमाडौं, साउन २४ गते । रुसमा गएको चौबीस घण्टामा २२ हजार ८६६ नयाँ सङ्क्रमित थपिएका छन् । अघिल्लो दिन २२ हजार ३२० सङ्क्रमित थपिएका थिए ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार गएको चौबीस घण्टामा थपिएकामध्ये एक हजार ९५३ लक्षणविहीन सङ्क्रमित छन् । राजधानी मस्कोमा मात्रै दुई हजार ७६१ जना सङ्क्रमितको पुष्टि भएको छ । सेन्ट पिटर्सवर्गमा एक हजार ९०७ सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा कोरोनासँग सम्बन्धित ७८७ जनाको मृत्यु भएको बताइएको छ । एक दिन अघि ७९३ जना सङ्क्रमितको मृत्यु भएको थियो । हालसम्म रुसमा कोरोना सङ्क्रमणबाट एक लाख ६४ हजार ८८१ सङ्क्रमितको मृत्यु भएको छ ।