गोरखापत्र अनलाइन
काठमाडौं, साउन २४ गते । पाकिस्तानको लाहौरमा आतङ्कवाद विरुद्धको दस्तासँगको कारबाहीमा तीन जना आतङ्कवादी मारिएका छन् । पञ्जाब प्रान्तको उक्त दस्ताले आतङ्ककारीले आक्रमणको योजना बनाइरहँदा भिडन्त भएको एआरवाई समाचारले उल्लेख गरेको छ ।
आतङ्कवाद बिरुद्धको दस्ता विभागका प्रवक्ताले लाहौरको फेरोजेवालामा आतङ्कवादीले भाडामा लिएको घरमा छापामारीको क्रममा भिडन्त भएको जनाउनुभएको छ । मृतक तीनै जना एहसान उल्लाह, नैमत उल्लाह र अब्दुल सलाम रहेको पहिचान गरिएको छ ।
एक अर्को घटनामा कराँचीमा पाकिस्तान पिपुल्स पार्टीका एक पूर्ब नेताको गए राति गोली प्रहार गरिएको छ । प्रहरीले कराँचीको खमिसो बजारमा मोटरसाइकलमा आएका अज्ञात बन्दूकधारी समूहले गोली हानेको जनाएको छ ।