गोरखापत्र अनलाइन
काठमाडौं, साउन २५ गते । चिनियाँ प्रबिधि कम्पनी अलिबाबाले बलात्कारको आरोप लागेका एकजना ब्यवस्थापकलाई बर्खास्त गर्ने भएको छ । कार्यकारी प्रमुख डेनियल झाङ्गले उक्त मुद्दामा सक्रियता देखाउन असफल भएका दुई जना प्रमुखले राजिनामा दिनुपरेको बताउनुभएको छ ।
अलिबाबाले घटनाको अनुसन्धानमा हाल प्रहरीसँग समन्वय गर्दैछ । एक जना कामदार महिलाले आफ्नो प्रमुखले मदिरा सेवन गराएर बेहोस पार्दै होटलमा बलात्कार गरेको आरोप लगाउनुभएको छ । उहाँले लगाउनुभएको दोष चिनियाँ समाजिक सञ्जालमा सर्वसाधारणले ब्यापक रुपमा साझा गरेका छन् ।
कार्यकारी प्रमुख झाङ्गले महिलासँग अन्तरङ्ग कार्य भएको स्वीकारेका छन् । तर पीडित महिला भने सम्पर्कमा नआएको बीबीसीले उल्लेख गरेको छ ।
अलिबाबाले कार्यरत कर्मचारीहरुलाई पठाएको ज्ञापनमा ब्यवस्थापकलाई बर्खास्त गरिने र फेरी कहिले कुनै कामका लागि स्वीकार नगर्ने जनाएको छ ।