गोरखापत्र अनलाइन
काठमाडौं, साउन २६ गते । भारतमा गएको चौबीस घण्टामा २८ हजार २०४ जना नयाँ सङ्क्रमित थपिएका छन् । चौबीस घण्टामा थपिएका सङ्क्रमित गएको १४७ दिन यताकै सबैभन्दा कम हो ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हाल तीन लाख ८८ हजार ५०८ जना सक्रिय सङ्क्रमित छन् । भारतमा हालसम्म तीन करोड १९ लाख ९८ हजार १५८ जना सङ्क्रमित भएका छन् । गएको चौबीस घण्टामा ४१ हजार ५११ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म तीन करोड ११ लाख ८० हजार ९६८ जना कोरोनामुक्त भएका छन् ।
गएको चौबीस घण्टामा ३७३ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणले चार लाख २८ हजार ६८२ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म ४८ करोड ३२ लाख नमूनाको परीक्षण गरिएको छ । गएको चौबीस घण्टामा १५ लाख ११ हजार ३१३ नमूना परीक्षण गरिएको हो ।
गएको चौबीस घण्टामा ५४ लाख ९१ हजार ६४७ डोज खोप लगाइएको छ । हालसम्म ५१ करोड ४५ लाख २६८ डोज खोप लगाइएको छ ।