logo
२०८१ मंसिर १५ शनिवार



चीनमा क्यानेडाली नागरिकलाई मृत्युदण्डको सजाय

अन्तर्राष्ट्रिय |


चीनमा क्यानेडाली नागरिकलाई मृत्युदण्डको सजाय
तस्विर–एएफपी


गोरखापत्र अनलाइन
काठमाडौं, साउन २६ गते । चीनको एक अदालतले लागू औषध ओसारपोसारको मुद्दाका एक जना क्यानेडाली अभियुक्तलाई मृत्युदण्डको सजाय सुनाएको छ । अदालतले मङ्गलबार क्यानेडाली नागरिक रोबर्ट सेलेनवर्गलाई दोषी ठहर गर्दै उक्त सजाय सुनाएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेको छ ।
सेलेनवर्गलाई सन् २०१४ को डिसेम्बरमा गिरफ्तार गरिएको थियो । सन् २०१५ मा अभियोग दायर गरियो । सन् २०१८ मा सेलेनवर्गलाई १५ वर्षको कैद सजाय सुनाइएको थियो । समाचार संस्था एएनआईका अनुसार उक्त सजाय बिरुद्ध अपील गर्दा चीनको प्रान्तीय अदालतले उक्त सजाय सुनाएको हो ।
चीनले सन् २०१८ को अन्त्यतिर अर्का क्यानेडाली माइकल स्पाभोरलाई जासूसीको आरोपमा पक्राउ गरेको थियो । स्पभोरको मुद्दाको आदेश समेत अर्को साता आउने अनुमान गरिएको छ ।
उहाँलाई हुवईको प्रमुख आर्थिक अधिकृत मेङग वान्झौलाई क्यानाडाले भ्यानकुभरमा पक्राउ गरेपछि चीनले नियन्त्रणमा लिएको थियो । स्पाभोरसँगै चीनले माइकल कोभ्रिगलाई समेत नियन्त्रणमा लियो । गत् मार्च महिनामा कोभ्रिगको सुनुवाई समाप्त भएको थियो । उहाँ समेत अदालती आदेशको पर्खाइमा हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?