गोरखापत्र अनलाइन
काठमाडौं, साउन २६ गते । पाकिस्तानको आतङ्कवाद बिरुद्धको दस्ताको कारबाहीमा पाँच जना आतङ्कवादी मारिएका छन् । मारिएका पाँचै जना एक प्रतिबन्धित समूहका रहेको बताइएको छ ।
बलूचिस्तान प्रान्त क्वेटा शहरमा दुइतर्फी भिडन्तको क्रममा पाँच आतङ्कवादी मारिएको ‘काउन्टर टेरोरिज्म डिपार्टमेन्ट’ले जनाएको छ । पाकिस्तानको सीटीडीले पछिल्ला दिनहरुमा आतङ्कवादी गतिबिधिमा लागेका ब्यक्तिको पहिचान गरी खोजतलासको क्रम बढाएको छ ।