logo
२०८१ मंसिर १५ शनिवार



अफगानिस्तानमा ४३९ तालिबानी मारिए

अन्तर्राष्ट्रिय |


अफगानिस्तानमा ४३९ तालिबानी मारिए
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, साउन २७ गते । अफगान सुरक्षा निकायले गएको चौबीस घण्टामा चलाएको कारबाहीमा ४३९ तालिबान विद्रोही मारिएको जनाएको छ । कारबाहीमा ७७ तालिबान विद्रोही घाइते भएको जनाइएको छ ।
अफगानिस्तानको रक्षा मन्त्रालयका अनुसार सुरक्षाकर्मीले नगङ्गारहर, लघमान, लोगर, पक्तिया, उरुगान, जाबुल, घोर, फराह, बल्ख, हेलमन्द लगायतको प्रान्तमा कारबाही चलाएको थियो । त्यसैगरी, अर्को एक हवाई आक्रमणमा २५ जना आतङ्ककारीको मृत्यु भएको छ । १३ तालिबानी घाइते भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?