गोरखापत्र अनलाइन
काठमाडौं, साउन २७ गते । इजरायलका विदेश मन्त्री यैर लापिड बुधबार मोरक्को भ्रमणमा निस्किनुभएको छ । इजरायलका उच्च कुटनीतिज्ञले मोरक्को भ्रमण गर्न लागेको दुई दशकपछि हो ।
विदेश मन्त्री लापिडले ट्वीटरमा दुई देशको झण्डा राखेर लेख्नुभएको छ,“मोरक्को ऐतिहासिक भ्रमणमा लागि निस्केको छु ।” इजरायलका विदेश मन्त्रालयले लापिडले मोरक्को भ्रमणको क्रममा आफ्ना समकक्षी नास्सैर बौरिटासँग भेटवार्ता गर्नुहुनेछ । रावतमा उहाँले कुटनीतिक मिसनको उद्घाटन गर्नुहुनेछ ।
लापिड दुई दिनसम्म मोरक्कोमा रहनुहुनेछ ।