गोरखापत्र अनलाइन
काठमाडौं, साउन २८ गते । भारतमा गएको चौबीस घण्टामा ४१ हजार १९५ नयाँ सङ्क्रमितको पुष्टि भएको छ । लगातार ४६ औं दिन भारतमा चौबीस घण्टामा ५० हजारभन्दा कम सङ्क्रमित थपिएको हो ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार गएको चौबीस घण्टामा ३९ हजार ६९ जना कोरोनामुक्त भएका छन् । हालसम्म तीन करोड १२ लाख ६० हजार ५० जना कोरोनामुक्त भएका छन् । भारतमा हाल तीन लाख ८७ हजार ९८७ जना सक्रिय सङ्क्रमित छन् ।
गएको चौबीस घण्टामा २१ लाख २४ हजार ९५३ नमुना परीक्षण गर्दा ४१ हजारमा सङ्क्रमणको पुष्टि भएको हो ।
भारतमा गएको चौबीस घण्टामा ४४ लाख १९ हजार ६२७ डोज खोप लगाइएको छ । हालसम्म ५२ करोड ३६ लाख डोज खोप लगाइएको छ ।