logo
२०८१ मंसिर १४ शुक्रवार



सङ्क्रमण रोक्न नसकेको आरोपमा थप २० अधिकारीमाथि कारबाही

अन्तर्राष्ट्रिय |


सङ्क्रमण रोक्न नसकेको आरोपमा थप २० अधिकारीमाथि कारबाही
तस्विर–सांकेतिक


गोरखापत्र अनलाइन
काठमाडौं, साउन २८ गते । चीनले कोभिड–१९ को सङ्क्रमण रोक्न पर्याप्त प्रयास नगरेको भन्दै थप २० जना अधिकारीलाई कारबाही गरेको छ । यसअघि ४७ अधिकारीहरुमाथि कारबाही गरिएको थियो ।
गुआङ्गझाउ शहरले बिहीबार २० जना अधिकारीमाथि कारबाही गरिएको जनाएको छ । कोभिड १९ को सङ्क्रमण रोक्न पर्याप्त कसरत नगरी बेवास्ता गरेको उनीहरुमाथि आरोप लगाइएको छ । शहरका स्वास्थ्य आयोगका निर्देशक र जिल्लास्तरीय प्रमुखहरुमाथि कारबाही गरिएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।
अघिल्लो साता समेत चीनले ४७ जना अधिकारीमाथि कारबाही गरेको थियो । जसमा झ्याङ्गसु प्रान्तको नाञ्जिङ्ग विमानस्थल, अस्पताल र स्वास्थ्य आयोगका कर्मचारी छन् । केही अधिकारीलाई नियन्त्रणमा राखिएको तथा केहीलाई जरिवाना र निलम्बन गरिएको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?