गोरखापत्र अनलाइन
काठमाडौं, साउन २८ गते । रुसमा गएको चौबीस घण्टामा करिब २२ हजार सङ्क्रमित थपिएका छन् । अघिल्लो दिन २१ हजार ५७१ सङ्क्रमित पुष्टि भएकोमा बिहीबार चौबीस घण्टामा २१ हजार ९३२ सङ्क्रमित पुष्टि भएको जनाइएको छ ।
रुसको प्रतिकार्य केन्द्रका अनुसार थपिएका सङ्क्रमितमा एक हजार ७७३ मा लक्षण देखिएको छैन् । रुसको ८५ क्षेत्रमध्ये मस्कोमा सबैभन्दा बढी दुई हजार २९४ र सेन्ट पिटर्सवर्गमा एक हजार ८०१ जना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा ८०८ जना सङ्क्रमितको कोरोनाले ज्यान गएको छ । अघिल्लो दिन रुसमा ७९९ जना सङ्क्रमितको मृत्यु भएको थियो । रुसमा हालसम्म एक लाख ६८ हजार ४९ जना सङ्क्रमितको मृत्यु भएको छ ।
गएको चौबीस घण्टामा २० हजार १९५ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म रुसमा ५८ लाख २८ हजार ९७२ जना सङ्क्रमित भएका छन् ।