logo
२०८१ मंसिर १४ शुक्रवार



तालिबानले गजनी शहर नियन्त्रणमा लियो

अन्तर्राष्ट्रिय |


तालिबानले गजनी शहर नियन्त्रणमा लियो
तस्विर–एपी


गोरखापत्र अनलाइन
काठमाडौं, साउन २८ गते । तालिबान सशस्त्र समूहले गजनी प्रान्तको राजधानी गजनी शहर आफ्नो नियन्त्रणमा लिएको जनाएको छ । राजधानी काबुलबाट गजनी शहर १३० किलोमिटर दक्षिण पश्चिममा अवस्थित छ ।
केही दिनभित्रै तालिबानले कब्जामा लिएको यो अफगानिस्तानको दशौं प्रान्तीय राजधानी हो । एक जना सरकारी अधिकारीले अलजजिरासँगको कुराकानीमा सरकारले तालिबानलाई हिंसा अन्त्य गरी सत्तामा साझेदारीको प्रस्ताब गरेको बताउनुभएको छ ।
अफगानिस्तानको हेलमन्द प्रान्तका एक प्रमुख शहर लश्कर गाहमा सुरक्षाकर्मी र तालिबानबीच भिषण युद्ध चलिरहेको छ । लश्कर गाहस्थित प्रहरी हेडक्वार्टर समेत तालिबानले नियन्त्रणमा लिएको छ । केही प्रहरी अधिकारी आत्मसमपर्ण गरेका छन् भने केही गर्भनरको कार्यालयमा पुगेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?