logo
२०८१ मंसिर १४ शुक्रवार



सुडानले ओमार अल बशिरलाई आईसीसीलाई बुझाउने

अन्तर्राष्ट्रिय |


सुडानले ओमार अल बशिरलाई आईसीसीलाई बुझाउने
तस्विर–रोयटर्स


गोरखापत्र अनलाइन
काठमाडौं, साउन २८ गते । सुडानले लामो समयसम्म सत्तामा रहनुभएका ओमार अल–बशिरलाई अन्तर्राष्ट्रिय अपराध अदालतलाई बुझाउने जनाएको छ । डार्फर युद्धको मुद्दामा बशिरसहित अन्य दुई अधिकारीलाई बुझाउने सुडानले जनाएको छ ।
७७ वर्षीय बशिर युद्ध अपराध र मानवीयता बिरुद्धको अपराधमा दश वर्षदेखि हेगस्थित अन्तर्राष्ट्रिय अदालतको खोजीको सूचीमा छन् । डार्फर युद्धमा कम्तिमा तीन लाख ब्यक्तिको मृत्यु र २५ लाख ब्यक्ति बिस्थापित भएको संयुक्त राष्ट्र संघले जनाएको छ । सन् २००३ मा डार्फरमा गृहयुद्ध भएको थियो । सुडानका विदेश मन्त्री मरियम अल–महदीले मन्त्रीपरिषद्ले आईसीसीलाई हस्तान्तरण गर्ने निर्णय गरेको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय अदालतले डार्फर मुद्दामा छुट्टै विशेष अदालत गठन गरेर मुद्दा चलाउने वा बशिरलाई सुडानमै राखेर सुनुवाई गर्ने सम्बन्धमा अझै प्रष्ट भइसकेको छैन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?