logo
२०८१ मंसिर १४ शुक्रवार



भारतमा ४० हजार सङ्क्रमित थपिए

अन्तर्राष्ट्रिय |


भारतमा ४० हजार सङ्क्रमित थपिए
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, साउन २९ गते । भारतमा गएको चौबीस घण्टामा ४० हजार १२० सङ्क्रमितको पुष्टि भएको छ । थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित तीन करोड २१ लाख १७ हजार ८२६ पुगेको छ ।
भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हाल तीन लाख ८५ हजार २२७ जना सक्रिय सङ्क्रमित छन् । गएको चौबीस घण्टामा ५८५ जनाको कोरोना सङ्क्रमणले मृत्यु भएको छ । हालसम्म चार लाख ३० हजार २५४ जना सङ्क्रमितको मृत्यु भएको हो ।
गएको चौबीस घण्टामा १९ लाख ७० हजार ४९५ नमुना परीक्षण गर्दा प्रति एक सय नमुनामा २.०४ मा सङ्क्रमणको पुष्टि भएको छ । गएको चौबीस घण्टामा ५७ लाख ३१ हजार ५७४ डोज खोप लगाइएको छ । हालसम्म ५२ करोड ९५ लाख ८२ हजार ९५६ डोज खोप लगाइएको मन्त्रालयले उल्लेख गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?