गोरखापत्र अनलाइन
काठमाडौं, साउन २९ गते । चीनको किनघाई प्रान्तमा ५.८ रिक्टेर स्केलको भूकम्प गएको छ । उत्तर पश्चिम गोलोग तिब्बती स्वशासित क्षेत्रको मदुओ काउन्टीमा भूकम्प गएको सिन्हवाले उल्लेख गरेको छ ।
चिनियाँ भूकम्प सञ्जाल केन्द्र(सीइएनसी)का अनुसार जमीनको सतहभन्दा आठ किलोमिटर भूकम्पको केन्द्र मापन गरिएको छ । भूकम्पबाट भएको क्षतिको बिवरण भने अझै आइसकेको छैन् ।