logo
२०८१ मंसिर १४ शुक्रवार



'तालिबान काबुलबाट मात्र सात माइल टाढा'

अन्तर्राष्ट्रिय |


'तालिबान काबुलबाट मात्र सात माइल टाढा'
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, साउन ३० गते । देशभरि हिंसात्मक गतिबिधि तीब्र बनाएर भू भाग नियन्त्रणमा लिन सफल बिद्रोही समूह तालिबान अफगानिस्तानको राजधानी काबुलबाट मात्र ११ किलोमिटरको दूरीमा रहेको छ । स्थानीय एकजना सांसदले एपी समाचार संस्थाको कुराकानीमा तालिबान काबुल नजिक पुगेको बताउनुभएको छ ।
बीबीसीका अनुसार तालिबान हाल काबुलसँग जोडिएको चार अश्एब जिल्लामा छन् । काबुलको दक्षिणपट्टी उक्त जिल्ला अवस्थित छ । सुरक्षाकर्मीले तालिबानलाई काबुलबाट टाढा राख्न गरिरहेको प्रयास भने अपर्याप्त देखिएको छ । यद्दपी सरकारले तालिबानको हालको अवस्थितिबारे पुष्टि गरेको छैन् ।
तालिबानले पछिल्लो पटक सन् १९९६ मा काबुल नियन्त्रणमा लिएको थियो । चार वर्षको गृहयुद्धपछि तालिबानले काबुलमाथि नियन्त्रण पाएको थियो । उक्त बेला तालिबानले तात्कालीन राष्ट्रपति मोहम्मद नजिबुल्लाह सार्बजनिक रुपमा झुण्ड्याएर हत्या गरेको थियो । तालिबानको शासनमा महिलालाई काम गर्न निषेध गरिएको, बालिकालाई विद्यालय जान बञ्चित गरिएको, महिलाले अनुहार ढाक्नुपर्ने, घरबाहिर पुरुष आफन्तसँग मात्रै निस्किनुपर्ने जस्ता बन्देज लगाइएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?