logo
२०८१ मंसिर १४ शुक्रवार



२५ वर्षमा पहिलो पटक आइभोरी कोष्टमा इबोलाका बिरामी फेला परे

अन्तर्राष्ट्रिय |


२५ वर्षमा पहिलो पटक आइभोरी कोष्टमा इबोलाका बिरामी फेला परे
तस्विर–रोयटर्स


गोरखापत्र अनलाइन
काठमाडौं, साउन ३१ गते । आइभोरी कोष्टमा गएको २५ वर्षमा पहिलोपटक इबोला भाइरसका बिरामी फेला परेको छ । आइभोरी कोष्टका स्वास्थ्य मन्त्री पिएरी एनगौ डिम्बाले १८ वर्षीया एक जना महिलाको नमूना परीक्षण गर्दा इबोलाको पहिचान भएको बताउनुभएको छ । उक्त महिला केही समय अघि गायनाबाट फर्किनुभएको थियो ।
स्वास्थ्य मन्त्री डिम्बाले रोयटर्ससँगको कुराकानीमा बिरामीको अबिजानस्थित एक अस्पतालमा सघन उपचार कक्षमा राखेर उपचार भइरहेको जानकारी दिनुभएको छ । विश्व स्वास्थ्य संगठनले भने सन् १९९४ पछि आइभोरी कोष्टमा पहिलो पटक इबोलाका बिरामी फेला परेको जनाएको छ । संगठनले एक वक्तब्य जारी गरी गायनाबाट उक्त ब्यक्ति अगष्ट १२ मा अबिजान पुगेको उल्लेख गरेको छ ।
ज्वरो निरन्तर आएपछि बिरामीलाई उपचारको लागि भर्ना गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?