logo
२०८१ मंसिर १४ शुक्रवार



जाम्बिया चुनाबमा प्रतिपक्षी दलको जित

अन्तर्राष्ट्रिय |


जाम्बिया चुनाबमा प्रतिपक्षी दलको जित
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, साउन ३२ गते । जाम्बियाको आम चुनाबमा प्रतिपक्षी दलले जितेको छ । राष्ट्रपतिका लागि गत् साता सम्पन्न चुनाबमा प्रतिपक्षी दलका नेता हाकैन्डे हिचिलेमाको जित भएको निर्वाचन आयोगले जनाएको छ ।
हिचिलेमाले आफ्ना प्रमुख प्रतिद्वन्दी एगर लुङ्गुलाई हराउनुभएको हो । वर्तमान राष्ट्रपति एगरलाई हिचिलेमाले करिब दश लाख मतले हराउनुभएको छ । यसअघि राष्ट्रपति लुङ्गुले चुनाब निस्पक्ष नभएको आरोप लगाउनुभएको थियो । उहाँले ‘पैट्रिओटिक फ्रन्ट पार्टी’ले मतदान भए लगत्तै मतपेटिकालाई पछ्याएको आरोप लगाउनुभएको थियो ।
जवाबमा हिचिलेमाको ‘यूनाइटेड पार्टी फर नेशनल डेभेलपमेन्ट’ले भने बिदा हुन लाग्दाको छटपटीको संज्ञा दिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?