logo
२०८१ मंसिर १४ शुक्रवार



श्रीलङ्काली राष्ट्रपतिले स्वास्थ्यमन्त्रीलाई जिम्मेवारीबाट हटाउनुभयो

अन्तर्राष्ट्रिय |


श्रीलङ्काली राष्ट्रपतिले स्वास्थ्यमन्त्रीलाई जिम्मेवारीबाट हटाउनुभयो
तस्विर–इपीए


गोरखापत्र अनलाइन
काठमाडौं, साउन ३२ गते । श्रीलङ्काका राष्ट्रपतिले स्वास्थ्यमन्त्रीलाई जिम्मेवारीबाट हटाउनुभएको छ । श्रीलङ्कामा कोरोनाबाट सङ्क्रमित हुने सङ्ख्या उच्च भएको र मृतक सङ्ख्या समेत हालसम्मकै उच्च हुँदा स्वास्थ्यमन्त्रीलाई राष्ट्रपति गोटाबाया राजापाक्षेले हटाउनुभएको हो । यद्यपि उहाँलाई मन्त्रीपरिषद्मा राखिएको छ । तर यातायात मन्त्रीको जिम्मेवारी दिइएको छ ।
राष्ट्रपति गोटाबायाको कार्यालयले सोमबार पबित्रा वन्नियाराचीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सञ्चारमन्त्री केहेलिया राम्बुक्वेल्लालाई दिइएको जनाएको छ । उहाँ सरकारका प्रवक्तासमेत हुनुहुन्छ ।
वन्नियाराची गत जनवरी महिनामा सङ्क्रमित भई सघन उपचार कक्षमा उपचारका लागि भर्ना हुनुभएको थियो । स्वास्थ्यमन्त्रीको जिम्मेवारीमै रहँदा उहाँले दैविक स्वप्न आएको आधारमा पवित्र जलले भरिएको गाग्री नदीमा खन्याउँदै महामारी अन्त्य हुने बताउनुभएको थियो । श्रीलङ्काको कु जनसङ्ख्या दुई करोड १० लाख छ ।
गत साता श्रीलङ्कामा कोभिड १९ बाट दैनिक १५० जनाले ज्यान गुमाएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?