logo
२०८१ मंसिर १४ शुक्रवार



अफगानिस्तानमा पूर्ब राष्ट्रपतिसहितको समन्वय परिषद् गठन

अन्तर्राष्ट्रिय |


अफगानिस्तानमा पूर्ब राष्ट्रपतिसहितको समन्वय परिषद् गठन
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, साउन ३२ गते । अफगानिस्तानको अन्यौलपूर्ण अवस्थाको निकासका लागि पूर्ब राष्ट्रपतिसहितको समन्वय परिषद् गठन गरिएको छ । परिषद्मा पूर्ब राष्ट्रपति हामीद कारजाई, अब्दुल्लाह अब्दुल्लाह र मुजाहिद्दीनका नेता गुलबुद्दीन हेकमत्यार हुनुहुन्छ ।
नेता अब्दुल्लाहले राष्ट्रपति अशरफ घानीले छोडेर भागेको र तालिबानले नियन्त्रणमा लिएको अवस्थामा उत्पन्न अन्यौलता र अराजकता अन्त्य गर्न परिषद्ले समन्वयकारी भूमिका निर्वाह गर्ने बताउनुभएको छ । उहाँले सामाजिक सञ्जालमा सत्ता हस्तान्तरण नै नगरी राष्ट्रपति घानी देश छोडेकोमा आपत्ती जनाउनुभएको थियो ।
परिषद्ले वर्तमान अवस्थालाई ब्यवस्थित गर्न र शान्तीपूर्ण सत्ता हस्तान्तरणमा समन्वयकारी भूमिका निर्वाह गर्ने समाचार संस्था एएनआईले उल्लेख गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?