logo
२०८१ मंसिर १४ शुक्रवार



अफगानिस्तानमा तालिबानविरुद्ध प्रदर्शन, तीनको मृत्यु

अन्तर्राष्ट्रिय |


अफगानिस्तानमा तालिबानविरुद्ध प्रदर्शन, तीनको मृत्यु
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ३ गते । तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि पहिलो पटक स्थानीय विरोध प्रदर्शनमा उत्रेका छन् । अफगानिस्तानको झण्डा लिएर सर्वसाधारण सडकमा उत्रेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
काबुल बाहिरको दोस्रो सबैभन्दा ठूलो शहर जलालाबाद अतिरिक्तको क्षेत्रमा भने हिंसात्मक घटना दर्ता गरिएको छैन । जलालाबादमा प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि तालिबानले गोली प्रहार गरेपछि तीन जनाको मृत्यु भएको छ । टर्कीको सञ्चारमाध्यम टीआरटीका अनुसार सर्वसाधारणले अफगानिस्तानको झण्डा हटाएर तालिबानले आफ्नो झण्डा लगाएपछि विरोध गरेका हुन् । नियन्त्रणमा आएपछि तालिबानले अफगानिस्तानको झण्डा हटाएको हो । अफगानिस्तानको झण्डा अब भने प्रयोगमा ल्याइएको छैन । सर्वसाधारण भने अफगानिस्तानको झण्डा बोकेर सडकमा प्रदर्शनमा उत्रिएका छन् ।
टोलो समाचारका अनुसार अफगानिस्तानको पूर्बी प्रान्त नानगह्र, कुनार र खोस्तका सर्वसाधारण बुधबार विरोध र्यालीको आयोजना गरेका छन् । तालिबानका एक जना प्रवक्ता जबिउल्लाह मुजाहिदले भने इस्लामिक सरकार गठन भए लगत्तै सबै अस्थिरता अन्त्य हुने बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?