logo
२०८१ मंसिर १४ शुक्रवार



भारतमा ३६ हजार सङ्क्रमित थपिए

अन्तर्राष्ट्रिय |


भारतमा ३६ हजार सङ्क्रमित थपिए
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ३ गते । भारतमा कोरोनाभाइरसका ३६ हजार ४०१ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । भारतमा हाल तीन लाख ६४ हजार १२९ जना सक्रिय सङ्क्रमित छन् ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार गएको चौबीस घण्टामा ३९ हजार १५७ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म तीन करोड १५ लाख २५ हजार ८० जना कोरोनामुक्त भएका छन् । गएको चौबीस घण्टामा ५३० जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म चार लाख ३३ हजार ४९ जना सङ्क्रमितको मृत्यु भएको हो ।
भारतले कोरोना परीक्षणमा नयाँ उचाइ प्राप्त गरेको छ । उसले दैनिक औसतमा १७ लाख परीक्षण गर्दै हालसम्म ५० करोड कोभिड १९ परीक्षण गरेको छ । हालसम्म ५६ करोड ६४ लाख ८८ हजार ४४३ डोज खोप लगाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?