logo
२०८१ मंसिर १४ शुक्रवार



भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी

अन्तर्राष्ट्रिय |


भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी
तस्विर-फाइल


काठमाडौं, भदौ ४ गते।
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी आएको छ । गएको चौबीस घण्टामा भारतमा ३४ हजार ४५७ जना नयाँ सङ्क्रमित थपिएका छन् । अघिल्लो दिन ३६ हजार ५७१ जना नयाँ सङ्क्रमित थपिएका थिए ।
गएको चौबीस घण्टामा कोरोना संक्रमणले हुने मृत्युको संख्यामा समेत कमी आएको छ । पछिल्लो चौबीस घण्टामा ३७५ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । अघिल्लो दिन ५४० जना संक्रमितले ज्यान गुमाएका थिए । मन्त्रालयकाअनुसार भारतमा हाल तीन लाख ६१ हजार ३४० जना सङ्क्रमित अवस्थामै छन् । कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि भारतमा अहिलेसम्म तीन करोड १५ लाख ९७ हजार ९८२ जना सङ्क्रमणमुक्त भइसकेका छन् । गएको घण्टामा ३६ हजार ३४७ जना सङ्क्रमणमुक्त भएका हुन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?