logo
२०८१ मंसिर १४ शुक्रवार



भारतमा १६० दिन यताकै कम सङ्क्रमित थपिए

अन्तर्राष्ट्रिय |


भारतमा १६० दिन यताकै कम सङ्क्रमित थपिए
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ७ गते । भारतमा गएको चौबीस घण्टामा २५ हजार ७२ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । चौबीस घण्टामा पुष्टि भएका सङ्क्रमित गएको १६० दिन यताकै सबैभन्दा कम हो । चौबीस घण्टामा १२ लाख ९५ हजार १६० नमूना परीक्षण गरिएको छ ।
भारतको केन्द्रीय स्वास्थय तथा परिवार कल्याण मन्त्रालयले नियमित प्रेस ब्रिफिङ्गको क्रममा थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या तीन करोड २४ लाख ४९ हजार ३०६ पुगेको जनाएको छ । गएको चौबीस घण्टामा ४४ हजार १५७ सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म तीन करोड १६ लाख ८० हजार ६२६ जना निको भएका छन् ।
भारतमा हाल तीन लाख ३३ हजार ९२४ जना सक्रिय सङ्क्रमित छन् । जुन १५५ दिन यताकै सबैभन्दा कम हो । गएको चौबीस घण्टामा ३८९ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । हालसम्म चार लाख ३४ हजार ७५६ जना सङ्क्रमितको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?