logo
२०८२ भाद्र १६ सोमवार



‘बिदेशी सेना फिर्ता गर्ने म्याद थपिन्न’

अन्तर्राष्ट्रिय |


‘बिदेशी सेना फिर्ता गर्ने म्याद थपिन्न’
तस्विर–एपी


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ७ गते । तालिबानले अफगानिस्तानबाट बाहिरिने विदेशी सेनाको म्याद नथप्ने प्रष्ट्याएको छ । तालिबानका एक जना प्रवक्ताले अफगानिस्तानबाट उद्धारको मिसनका लागि म्याद थप्न तालिबान सहमत नहुने बताउनुभएको छ ।
बेलायतको समाचार संस्था स्काइ न्यूजसँगको अन्तवार्तामा तालिबानका प्रवक्ता सुहैल शाहीनले भन्नुभयो, “त्यसो भएको अवस्थामा म्याद थप्नु पेशा मात्रै हुन जानेछ, उक्त म्याद रातो चिन्ह हो ।” सुहैल शाहीन दोहामा रहेका तालिबानका डेलिगेशनका सदस्य हुनुहुन्छ ।
अमेरिकी राष्ट्रपति जोइ बाइडेनले आइतबार बर्हिगमनको रफ्तार बढाइएपनि अगष्ट ३१ को समयसीमा भित्र नसकिए म्याद थप्ने प्रयास हुने बताउँदा तालिबानले यसप्रकारको प्रतिक्रिया जनाएको छ । तालिबानले अगष्ट १५ मा काबुल प्रबेश गरेपछि बर्हिगमन सुरु भएको थियो । अमेरिकी कुटनीतिज्ञ एवम् नागरिकका लागि थालिएको बर्हिगमन अब भने तालिबानबाट त्रसित अफगान नागरिक समेत काबुल छोड्न तछाडमछाड गरेका छन् । अमेरिकाले अन्य राष्ट्रहरुसँगको समन्वयमा विदेशी नागरिकको समेत उद्धार गरेको छ । विमानस्थलबाट भइरहेको बर्हिगमन प्रकृया अत्यन्तै अब्यवस्थित देखिएको छ । हालसम्म कम्तिमा २० जनाको मृत्यु भइसकेको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?