logo
२०८२ भाद्र १६ सोमवार



अमेरिकाले चौबीस घण्टामा दश हजारलाई काबुलबाट उद्धार गर्यो

अन्तर्राष्ट्रिय |


अमेरिकाले चौबीस घण्टामा दश हजारलाई काबुलबाट उद्धार गर्यो
तस्विर–एपी


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ७ गते । अमेरिकाले गएको चौबीस घण्टामा दश हजार जनालाई काबुलबाट बाहिर निकालेको छ । अमेरिकाको सहयोगी ६१ गठबन्धनले करिब छ हजार जनालाई काबुल विमानस्थलबाट उद्धार गरेको बताइएको छ ।
अमेरिकी राष्ट्रपतिको कार्यालय व्हाइट हाउसले सोमबार गरेको पत्रकार भेटघाटमा चौबीस घण्टाभित्र आइतबार करिब दश हजार चार सय जनालाई अमेरिकी विमानले र पाँच हजार नौ सय गठबन्धन राष्ट्रको विमानले उद्धार गरेको जानकारी दिइएको छ । अगष्ट १४ यता अमेरिकाले काबुलबाट ३७ हजार जनालाई उद्धार गरिएको अमेरिकी अधिकारीले बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?