logo
२०८२ भाद्र १६ सोमवार



भारतमा २५ हजार ४६७ सङ्क्रमित थपिए

अन्तर्राष्ट्रिय |


भारतमा २५ हजार ४६७ सङ्क्रमित थपिए
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ८ गते । भारतमा गएको चौबीस घण्टामा २५ हजार ४६७ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । गएको चौबीस घण्टामा १६ लाख ४७ हजार ५२६ नमुना परीक्षण गरिएको छ । थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या तीन करोड २४ लाख ७४ हजार ७७३ पुगेको छ ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हाल तीन लाख १९ हजार ५५१ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमित सङ्ख्या गएको १५६ दिनकै सबैभन्दा कम हो । गएको चौबीस घण्टामा ३९ हजार ४८६ जना कोरोनामुक्त भएका छन् । हालसम्म तीन करोड १७ लाख २० हजार ११२ जना सङ्क्रमित कोरोनामुक्त भएका हुन । गएको चौबीस घण्टामा ३५४ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट भारतमा चार लाख ३५ हजार ११० जनाले ज्यान गुमाएका छन् ।
भारतमा हालसम्म ५८ करोड ८९ लाख ९७ हजार ८०५ डोज खोप लगाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?