logo
२०८२ भाद्र १६ सोमवार



जम्मु काश्मिरमा तीन आतङ्कवादी मारिए

अन्तर्राष्ट्रिय |


जम्मु काश्मिरमा तीन आतङ्कवादी मारिए
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ८ गते । भारत प्रशासित जम्मु काश्मिरमा तीन जना आतङ्कवादी मारिएका छन् । प्रहरीका अनुसार मङ्गगलबार दोहोरा भिडन्तको क्रममा तीन जना आतङ्ककारी मारिएका छन् । भिडन्तस्थलबाट हातहतियारसहित अन्य समाग्री नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
समाचार संस्था एएनआईका अनुसार काश्मिर क्षेत्रका प्रहरीले मङ्गलबार बिहान ट्वीट गर्दै ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि अचानक आक्रमण भएपछि भिडन्त सुरु भएको उल्लेख गरेको छ । काश्मिरको सोपोर क्षेत्रमा उक्त घटना भएको हो । काश्मिर प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र मारिएका आतङ्ककारीको पहिचान खुल्न नसकेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?