logo
२०८२ भाद्र १६ सोमवार



अफगान मुद्दामा मोदी र पुटिनबीच छलफल

अन्तर्राष्ट्रिय |


अफगान मुद्दामा मोदी र पुटिनबीच छलफल
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ८ गते । अफगानिस्तानमा उब्जिएको पछिल्लो घटनाक्रमबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच वार्ता भएको छ । मङ्गलबार बिहान भएको छलफलमा दुबै नेताबीच अफगानिस्तानको पछिल्लो अवस्थाबारे चर्चा गर्नुभएको हो ।
समाचार संस्था एएनआईका अनुसार मोदी र पुटिनबीच करिब ४५ मिनेट लामो टेलिफोन कुराकानी भएको हो । तालिबानले अफगानिस्तानको राजधानी काबुल नियन्त्रणमा लिएपछि भारतले आफ्नो कूटनीतिज्ञसहित भारतीय नागरिकलाई फिर्ता गरिसकेको छ । तालिबानबारे भारतले अझै आफ्नो दृष्टिकोण सार्वजनिक गरिसकेको छैन ।
प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनसँगको वार्तालाप गरेको फोटोसमेत ट्वीटरमा साझा गर्नुभएको छ । उहाँले ट्वीटमा लेख्नुभएको छ,“अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमबारे मेरा मित्र राष्ट्रपति पुटिनसँग विस्तृत र उपयोगी छलफल भएको छ ।” “हामीले द्विपक्षीय एजेण्डा, कोभिड १९ विरुद्ध भारत र रुसबीच समन्वय सम्बन्धमा समेत छलफल गर्दै महत्वपूर्ण मुद्दामा आपसमा समन्वय गर्न सहमत भएका छौं ।”–उहाँले ट्वीटमा उल्लेख गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?