गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ९ गते । भारतमा गएको चौबीस घण्टामा ३७ हजार ५९३ जना सङ्क्रमित पहिचान गरिएको छ । थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमितको संख्या तीन करोड २५ लाख १२ हजार ३६६ पुगेको छ ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हाल तीन लाख २२ हजार ३२७ जना सक्रिय सङ्क्रमित छन् । थपिएका सङ्क्रमितमध्ये सबैभन्दा बढी केरला राज्यका २४ हजार २९६ जना छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार गएको चौबीस घण्टामा ३४ हजार १६९ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म तीन करोड १७ लाख ५४ हजार २८१ जना निको भएका छन् ।
गएको चौबीस घण्टामा ६४८ जना सङ्क्रमितको मृत्यु भएको छ । भारतमा हालसम्म कोरोना सङ्क्रमणबाट चार लाख ३५ हजार ७५८ जनाको मृत्यु भएको हो ।