गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ११ गते । अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भएको शक्तिशाली विष्फोटमा कम्तिमा १३ जना अमेरिकी सेनाको मृत्यु भएको छ । विष्फोटमा ६० अफगानको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अमेरिकाले आफ्नो १३ जना सेनाको मृत्यु भएको र अन्य दर्जनौं घाइते भएको पुष्टि गरेको छ । अगष्ट २०११ पछि अफगानिस्तानमा अमेरिकी सेना मारिएको यो दोस्रो सबैभन्दा ठूलो घटना हो । अमेरिकी हेलिकप्टर सन् २०११ मा लडाइदा कम्तिमा ३० जना सेनाको मृत्यु भएको थियो ।
घटनाका बावजूद अमेरिकी सेन्ट्रल कमाण्डका केन्नेथ म्याकैन्जीले अफगानिस्तान मिसन जारी रहने र कागजात तयार रहेको अफगानसँगै अमेरिकी कुटनीतिज्ञ बर्हिगमन प्रकृयाले निरन्तरता पाउने बताउनुभएको छ । काबुल विमानस्थलमा हाल पाँच हजार ८०० अमेरिकी सेना परिचालन गरिएको छ ।
म्याकैन्जीका अनुसार विमानस्थलको अबै प्रवेशद्वारमा सेनाले अफगान नागरिकको सुरक्षा जाँच गरिरहँदा आत्मघाती विष्फोट भएको हो । दोस्रो विष्फोट बेलायती नागरिक बसेको बेरोन होटेल अगाडि भएको हो ।
सन् २००१ मा अलकायदा आक्रमणपछि अफगानिस्तान प्रबेश गरे यता दुई दशकको अबधिमा दुई हजार २१८ अमेरिकी सेनाले अफगानिस्तानमा ज्यान गुमाएका छन् । अफगान द्वन्दमा हालसम्म ७१ ह्जार अफगान र ६६ हजार अफगान सुरक्षाकर्मीको मृत्यु भइसकृेको छ ।
विष्फोटको जिम्मा अफगानिस्तानमा सक्रिय आईएसआईएसले लिएको छ ।