logo
२०८१ मंसिर १४ शुक्रवार



‘काबुल विष्फोट बिर्सिन्नौं, प्रतिशोध लिन्छौं’

अन्तर्राष्ट्रिय |


‘काबुल विष्फोट बिर्सिन्नौं, प्रतिशोध लिन्छौं’
तस्विर-रोयटर्स


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ११ गते । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जोइ बाइडेनले काबुल विष्फोटको प्रतिशोध लिने चेताबनी दिनुभएको छ । उहाँले विष्फोटमा संलग्नको शिकार गरिने र ठूलो मूल्य चुकाउनुपर्ने चेताबनी दिनुभएको हो ।
बाइडेनले बिहीबार साँझ व्हाइट हाउसमा सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै विष्फोट अफगानिस्तानको खोरसान प्रान्तमा सक्रिय आईएसले गराएको बताउनुभएको छ । विष्फोटमा कम्तिमा १३ जना अमेरिकी सेना र ६० जना अफगानको मृत्यु भएको छ । बाइडेनले भन्नुभयो, “अमेरिकीलाई हानि पुर्याउन यदि कसैले यो घटना गराएको छ भने बुझ्नुपर्छ, हामी बिर्सिने छैनौं, हामी क्षमा दिने छैनौं ।”
घटना लगत्तै अमेरिकी राष्ट्रपति बाइडेनले दैनिक कार्यसूचीलाई स्थगित गर्नुभएको थियो । उहाँले बिहीबार नै अफगानिस्तानको स्थितिबारे इजरायलका प्रधानमन्त्री नाफटली बेन्नेटसँग कुराकानी गर्ने तालिका रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?