logo
२०८१ मंसिर १४ शुक्रवार



भारतमा ४४ हजार सङ्क्रमित थपिए

अन्तर्राष्ट्रिय |


भारतमा ४४ हजार सङ्क्रमित थपिए
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ११ गते । भारतमा गएको चौबीस घण्टामा ४४ हजार ६५८ जना नयाँ सङ्क्रमितको पहिचान भएको छ । थपिएका सङ्क्रमितमध्ये केरला राज्यका मात्रै ३० हजारभन्दा बढी छन् ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार गएको चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित तीन करोड २६ लाख तीन हजार १८८ पुगेको छ । गएको चौबीस घण्टामा ३२ हजार ९८८ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म तीन करोड १८ लाख २१ हजार ४२८ जना निको भएका छन् ।
गएको चौबीस घण्टामा ४९६ जना सङ्क्रमितको मृत्यु भएकोमा केरला राज्यका मात्रै १६२, महाराष्ट्रका १५९ सङ्क्रमित छन् । हालसम्म चार लाख ३६ हजार ८६१ जना सङ्क्रमितको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?